 
	    काठमाडौं, वैशाख १० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ ।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा युवा नेताहरुले संयुक्त प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । निर्वाचन समीक्षाका लागि चलिरहेको बैठकमा प्रस्तुत गर्नका लागि पाँच बुँदे प्रस्ताव तयार भएको नेताहरुले बताएका छन् ।
युवा केन्द्रीय सदस्यहरुको संयुक्त धारणामा सांगठनिक स्वरुप, निर्वाचनमा पराजय भोग्नुको कारण र विधान विपरीत गठित समितिका विषयमा चर्चा गरिएको बताइएको छ ।
युवा सदस्यहरुको सामुहिक लिखित प्रस्तावमा कति सदस्यको धारणा हुनेबारे भने टुंगो लागिसकेको छैन ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी पराजयका कारणबारे समीक्षा भइरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्