२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका सहायक प्रबन्धक काफ्ले पक्राउ


0
Shares

सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई रु ५० हजारसहित रंगेहात पक्राउ गरेको हो ।

उनी बर्दिवास नगरपालिका–९ स्थित रन्जना गाईफार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत् सहुलियत दरमा रु १० लाख ऋण उपलब्ध गराएबापत कमिसन लिनेक्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।

रु १० लाखको पाँच प्रतिशतका दरले रु ५० हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताए ।

काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रनाउ पोखरेलले जानकारी दिए । रासस