३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


सुर्खेतमा माइक्रो र बस ठोक्किँदा ८ जना घाइते


0
Shares

नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे१ख ६५५७ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ गइरहेको भे१ख २२६७ नम्बरको बस एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार पाँच र बसमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेमध्ये पाँचजनाको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको छ भने तीनजनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । रासस