
नवलपुर, असार १२ । पूर्वी नवलपरासीको चोरमाराबाट प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासीका अजित चौधरी, नितेशसिंह चौधरी, सुमित पौडेल र बलराम महतो छन् ।
उनीहरुको साथबाट फेनार्गन २९६ एम्पुल, नुफिर्न २८० एम्पुल र डाइजेपाम ३०६ एम्पुल गरी ८८२ एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
नवलपरासीको मध्यविन्दु नगरपालिका–८, चोरमारा फूलबारीचोकमा लागुऔषध किनबेच भइरहेको अवस्थामा विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्