
-विवेक भण्डारी/ईमेज:
नवलपरासी, बैशाख १३ । नवलपरासीको गैंडाकोट–१ गंगानगरका बस्दै आएका सुकुम्बासीहरु शुद्ध खानेपानीबाट बन्चित भएका छन् ।
२ सय घरधुरी रहेको यो बस्तीका बासिन्दा चोर खोलाको पानी पिउन बाध्य छन् ।
बिगत लामो समयदेखि त्यस स्थानमा बस्दै आए पनि पानीकै समस्याका कारण निकै कष्ठ झेल्नु परेको गुनासो उनिहरुको छ ।
गाउँ टोलका घर घरमा पानी पुग्दा पनि आफुहरु बिहानै चोर खोलामा पानी लिन जान बाध्य रहेको उनीहरु बताउँछन् ।
वर्षातमा पानी प्रशस्तै भएपनि अहिले खोलामा पानी पनि सुकेकाले निकै समस्या भएको उनिहरु दुखेसो छ ।
आफुहरुपनि देशकै नागरिक भएको र आफुहरुको पनि नैसर्गीक अधिकार भएकाले पानी पाउनुपर्ने उनीहरु बताउँछन् ।
अरुले खेतिबालिमा पानी लगाउन पाउने तर आफुहरुले पानी पिउन पनि नपाउने भन्दै उनिहरुले नयाँ जनप्रतिनिधिको ध्यान यसतर्फ जानुपर्ने बताउँछन् ।
बिचजलुके खानेपानीका अध्यक्ष सुनिल ढकालले जलुकेको मुहान तल भएको र त्यो खानेपानीले नधान्ने बताउँदै नयाँ योजनाका लागी वडा कार्यालयसम्म जान आग्रह गरेको र त्यसका लागी आफुहले पनि सहयोग गर्ने बताए ।
सोे बस्तीमा करिव २ सय घरधुरी सुकुम्बासी समुदाय छन् । त्यहाँ रहेको गंगानगर खानेपानीले केहिलाई समेटेपनि अधिकाम्स खानेपानीबाट बन्चित छन् ।
प्रतिक्रिया दिनुहोस्