२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘किरा’हरुलाई हटाउनुपर्छ : महानिरीक्षक खनाल


0
Shares

बिहीबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताए ।

खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको ‘किरा’ भएको टिप्पणी गरे ।

उनले भने–‘प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन । संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनुपर्छ ।’

उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उनले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारबाही गरिने बताए ।

प्रहरीको दरबन्दी कम रहेको भन्दै उनले मौजुदालाई उच्चतम् प्रयोग गरेर शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताए ।

अर्काे एक प्रश्नमा आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्नेगरी काम सुरु गरिसकेको बताए ।

संघीय प्रहरी ऐन बन्दै गरेको भन्दै उनले ऐन आएपछि प्रदेश कार्यालयहरु स्थापना हुने र ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने बताए । रासस