लोपोन्मुख लाप्चा जातिको बसोबासस्थल अलपत्र • Image Khabar Image Khabar


लोपोन्मुख लाप्चा जातिको बसोबासस्थल अलपत्र


Imagekhabar
१६ बैशाख २०७५, आईतवार १२:२६

लोपोन्मुख लाप्चा जातिको बसोबासस्थल अलपत्र

इलाम, बैशाख १६ । इलामको पूर्वी भेगमा न्यून संख्यामा बसोबास गर्ने लोपोन्मुख लाप्चा जातिको बसोबासस्थल अलपत्र परेको छ ।

इलाम सदरमुकाम नजिकै रहेको गोदकको असलेखोला किनारमा परापूर्वकालदेखि बसोबास गर्दै आएका लाप्चा जातिको गुफा, ओखल ढुंगा, जाँतो भएको ठाउँ संरक्षणको अभावमा अलपत्र परेका हुन् ।

ऐतिहासिक स्थल संरक्षणको अभावमा ओझेलमा समेत पर्दै आएका छन् ।

लाप्चाहरुले आफूहरुको बसोबास रहेको स्थान, चमेरे गुफा, असले झरनालगायतका ठाउँको संरक्षण र प्रचारप्रसार गर्न माग गरेका छन् ।

बौद्ध धर्मावलम्बी लाप्चा जातिको आफ्नै पहिरन छ । नेपालमा लाप्चा जातिको जनसंख्या करिब ३ हजार ४ सय ४५ छ ।

प्रतिक्रिया दिनुहोस्