बालिका बलात्कारको अभियोगमा एक पक्राउ • Image Khabar Image Khabar


बालिका बलात्कारको अभियोगमा एक पक्राउ


Imagekhabar
१९ बैशाख २०७५, बुधबार २०:१२

बालिका बलात्कारको अभियोगमा एक पक्राउ

पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनकाअनुसार सोही स्थानकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो ।

घटना विवरणअनुसार तामाङले आफ्नै घरको छतमा मंगलबार बालिकालाई बलात्कार गरेका हुन् ।

बुधबार पीडितले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी बालिकाको स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रनाउ गिरीले बताए ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्