Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


पूर्वएआइजी विज्ञानराज शर्माको खुलासा– विमानस्थलबाट यसरी छिर्छ सुन


0
Shares

                                                                    फाइल तस्वीर

विमानस्थलमा प्रहरीमात्र होइन, भन्सार, राष्ट्रिय अनुसन्धान, अध्यागमनजस्ता संयन्त्र हुन्छन् यत्रो सुन आउँदा तिनले के गर्छन् ?

पूर्वएआइजी विज्ञानराज शर्माका अनुसार त्यहाँ विभिन्न घेरा हुन्छन् । ‘तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग सेटिङ मिलाउँछन् । एयरलाइन्सका कर्मचारीसँग पनि सेटिङ हुन्छ । तेस्रो घेरामा मात्र प्रहरीसँग सेटिङ हुन्छ,’ उनले भने, ‘त्यस्तै, अध्यागमनका कर्मचारी र गुप्तचरसँग पनि मिलेमतो हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्करको सोझो सम्पर्क हुँदैन । भन्सार र अध्यागमनका कर्मचारीमार्फत गुप्तचरका कर्मचारीमार्फत गुप्तचरका कर्मचारीसँग मिलेमतो हुन्छ ।’

उनी भन्छन्, ‘सुन पठाउनुअघि विमानस्थलका सबै संयन्त्रमा मान्छे फिट गरिएका हुन्छन्, सबै मान्छे आ–आफ्नो ठाउँमा रहेको पक्का भएको खबरपछि मात्रै तस्करले जहाजमार्फत सामाग्री पठाउँछ । यसक्रममा उसले तस्करीका सामाग्री प्याक गरिएको लगेजको फोटो खिच्छ । यस्तो फोटो भाइबर, इमो वा फेसबुकमार्फत भन्सार र एयरलाइन्सका कर्मचारीकहाँ आइपुग्छ । एयरलाइन्सका कर्मचारीमार्फत सर्कुलेट हुँदै सम्बन्धित जहाजको लोडरसम्म पुग्छ । सोही फोटोका आधारमा तस्करीको सामान पहिचान हुन्छ ।’ –नयाँ पत्रिका दैनिकबाट