Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


भारतले चिया आयातमा कडाइ गरेपछि इलामका अधिकांश चिया उद्योग बन्द हुँदै

नेपालका उद्योगहरूमा १० लाख किलो बढी तयारी चिया रहेको उल्लेख

13
Shares

काठमाडाैं । भारतले चिया आयातमा कडाइ गरेपछि इलामका अधिकांश चिया उद्योग बन्द हुने भएका छन् ।

देश भरको चिया उद्योगीहरूको संस्था सूर्योदय टी प्रोड्युसर्स एशाेसिएशन नेपालले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी आगामी असार १ गतेदेखि चिया उद्योगहरू बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको जनाएको हाे। जारी विज्ञप्तिमा भारतीय टी बोर्डले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेपछि नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको उल्लेख गरिएकाे छ ।

जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदाममै थन्किएको र नमुना परीक्षणका लागि लगिएको चियाको महिना दिन सम्म रिपोर्ट नदिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ । यदि उक्त नमुनाको रिपोर्ट गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियम थपिएको जारी विज्ञप्तिमा भनिएकाे छ ।

यस्तो परिस्थितिमा उद्योगहरूले किसानको चियाको भुक्तानी समेत गर्न नसकेका कारण उद्योगहरू बन्द गर्न बाध्य भएको एशाेसिएशनले जनाएको हाे । अहिले नेपालका उद्योगहरूमा १० लाख किलो भन्दा बढी तयारी चिया रहेको उल्लेख गरिएकाे छ ।