२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भ्रष्टाचारीहरु कसरी ठेगान लाग्छन् हेर्दै जानुहोला : प्रधानमन्त्री ओली


0
Shares

शुक्रबार चितवनको भरतपुर–११ स्थित नयाँ किरण मावीको स्वर्ण महोत्सव समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा भ्रष्टाचार अन्त्य गरेरै छाड्ने जिकिर गरे ।

आफूले राष्ट्रलाई एकजुट बनाएर लैजाने संकल्प लिएको भन्दै उनले देश विकासको पहिलो आधार भ्रष्टाचार शून्यमा झार्नु रहेको बताए ।

‘भ्रष्टाचार आफू पनि गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ’–उनले भने–‘भ्रष्टाचार कसरी अन्त्य हुन्छ, भ्रष्टाचारीहरु कसरी ठेगान लाग्छन् हेर्दै जानुहोला ।’

उनले अगाडि थपे–‘व्यवसाय गरी केही नाफा कमाउनुपर्छ । तर, अब कमिसनखोरी सम्भव छैन ।’

प्रधानमन्त्री ओलीले अहिले आफू नभइ जनता शक्तिशाली भएको बताए ।

‘तानाशाहीमा शासक शक्तिशाली र लोकतन्त्रमा जनता शक्तिशाली हुन्छन्’–उनले भने–‘अहिले प्रधानमन्त्री शक्तिशाली होइन्, जनता शक्तिशाली हो ।’

उनले युवाहरुलाई अब विदेश नजाने स्थिति सिर्जना गर्न सरकार लागिपरेको भन्दै त्यसका लागि नयाँ उद्योगको स्थापना र पुर्नस्थापना गर्ने काम सरकारले गर्ने बताए ।

प्रधानमन्त्री ओलीले अब दक्ष, आधुनिक शिक्षाको खाँचो भएको भन्दै कुनैपनि देशमा जाँदा सक्षमता प्रदर्शन गर्नसक्ने खालको शिक्षा लागू गराइने उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वर्णद्धार, स्वर्णस्तम्भ र सरस्वती मन्दिरको उद्घाटन गरेका थिए ।