
इलाम, बैशाख २२ । मेची राजमार्गको इलाम पुवाखोला सडक खण्डमा आज (शनिबार) बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेका छन् ।
झापाको बिर्तामोड बाट इलाम हुदै दैनिक उपभोग्य सामान लिएर पाँचथरको फिदिम जाँदै गरेको को १ च ८७१५ नम्बरको पिकअप गाडीमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ ।
बिहान को समयमा राजमार्ग छेउको जंगलबाट निस्किएको ५–७ जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
आगजनीबाट करिब २ लाख रुपैयाँको मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जानाएको छ ।
प्रतिक्रिया दिनुहोस्