२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अमेरिकाको हवाइमा ज्वालामुखी विस्फोटको दोस्रो दिन गयो शक्तिशाली भूकम्प


0
Shares

ज्वालामुखी गएको दक्षिण पूर्वी क्षेत्रमा शुक्रबार ६.९ म्याग्निच्यूडको भूकम्प गएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी इतिहासमा यो सन् १९७५ पछिकै सबैभन्दा ठूलो भूकम्प हो ।

भूकम्पलगत्तै केही समय विद्युत् सेवा अवरुद्ध भएको थियो भने मानिसहरुलाई घरबाहिर सुरक्षित स्थानमा जान सूचित गरिएको थियो ।

३० मिटर उचाइसम्म विस्फोट भएको ज्वालामुखीका कारण धेरै घरहरु ध्वस्त भएका छन् ।

ज्वालामुखीका कारण हावामा खतरनाक सल्फर डाइअक्साड ग्यासको सतह बढे पनि प्रभावितहरुलाई सहयोग गर्न आपत्कालीन सेवाका कर्मचारी पनि उपलब्ध नहुने बताएको छ ।

ज्वालामुखी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । (एजेन्सी)