
सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुईजना चालकको ज्यान गएको बताइएको छ ।
रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुईजना चालकको ज्यान गएको जानकारी दिएको जनाइएको छ ।
रुसी समाचार समिति ‘इतार तास’ले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ ।
सिरियामा यसै हप्तामात्र यो दोस्रो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।
यसअघि, गत मे ३ मा पनि रुसी सेनाको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको थियो । त्यसमा पनि दुईजना चालक नै मारिएका थिए । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्