सशस्त्र प्रहरीले खेतमा धान रोपिरहेकी श्रीमतीको हत्या गरे • Image Khabar Image Khabar


सशस्त्र प्रहरीले खेतमा धान रोपिरहेकी श्रीमतीको हत्या गरे


Imagekhabar
१२ असार २०७५, मंगलवार ०१:३१

सशस्त्र प्रहरीले खेतमा धान रोपिरहेकी श्रीमतीको हत्या गरे

भीमदत्तनगर, असार १२ । घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् ।

आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए ।

“बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।” घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने, “खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।” केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए ।

हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्‍याइएको छ ।

प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन् । रासस

 

प्रतिक्रिया दिनुहोस्