
काठमाडौं, बैशाख २९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंमा नागरिक अभिनन्दन समारोहमा नेपाली पत्रकारहरुमाथि अवरोध गरिएको छ ।
राष्ट्रिय सभागृहमा मोदीलाई अभिनन्दन गर्न काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेपाली पत्रकारहरुलाई भने रोक लगाइयो ।
नागरिक अभिनन्दन कार्यक्रममा भारतीय मिडियाकर्मीलाई मात्र प्रवेश दिइएको हो । नेपालको भने सरकारी सञ्चारमध्यमलाई मात्र प्रवेश दिइएको थियो ।
नेपाली फोटो पत्रकारहरुलाई गेटबाटै सुरक्षाकर्मीले रोकेपछि उनीहरु त्यत्तिकै फर्काइए । समाचार संकलन गर्न पाससहित पुगेका नेपाली मिडियालाई बाहिर निकालिएको हो ।
प्रतिक्रिया दिनुहोस्