 
	    मुम्बई, वैशाख ३१ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।
जितसँगै राजस्थानले प्ले अफ् चरणमा पुग्ने सम्भावना बढाउँदा मुम्बई दबाबमा परेको छ ।
गएराति मुम्बईले दिएको १६९ रनको लक्ष्य राजस्थानले जोस बट्लरको शानदार इनिङसँगै १८ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । राजस्थानका लागि बट्लरले अविजित ९४ रन जोड्दा कप्तान अजिन्के रहानेले ३७ रन तथा सञ्जु स्याम्सनले २६ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । मुम्बईका सुरुवाती ब्याट्सम्यानहरु ईविन लेविसले ६० रन तथा सूर्यकुमार यादवले ३८ रन जोड्दा हार्दिक पाण्डेयले ३६ रन बनाएका थिए ।
गएरातिको जितसँगै राजस्थान पाँचौं स्थानमा उक्लेको छ भने साविक विजेता मुम्बई छैटौं स्थानमा झरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्