२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ठूलो परिमाणमा गाँजासहित दुईजना पक्राउ


0
Shares

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–४ का सुदीप कोइराला र सोही ठाउँ बस्ने रामकृष्ण ब्लोन छन् । उनीहरु दुवैलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

बुधबारै हेटौंडामा पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ ।

कोइरालाको घरबाट १५० किलो र ब्लोनको घरबाट १६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।