विद्यालयमा अनुपस्थित हुने छात्राका अभिभावकलाई रातो कार्ड ! • Image Khabar Image Khabar


विद्यालयमा अनुपस्थित हुने छात्राका अभिभावकलाई रातो कार्ड !


Imagekhabar
११ असार २०७५, सोमबार २२:४०

विद्यालयमा अनुपस्थित हुने छात्राका अभिभावकलाई रातो कार्ड !

जाजरकोट, असार १२ । जाजरकोटका विभिन्न विद्यालयले विद्यालयमा अनुपस्थित हुने छात्राका अभिभावकलाई सन्देशसहितको रातो कार्ड पठाउन थालेका छन् ।

विद्यालयमा छात्राहरुको उपस्थिति कम हुन थालेपछि विद्यालयहरुले सन्देशसहितको रातो कार्ड पठाउन थालेका हुन् ।

नियमित उपस्थित हुने छात्राका घरमा भने विद्यालयले प्रोत्साहन गर्दै हरियो कार्ड पठाउने गरेका छन् । विद्यालयहरुको यो अभियानपछि विद्यालयमा छात्राको उपस्थिति बढेको छ ।

बालवालिकालाई विद्यालयमा नियमित गराउन अभिभावकलाई कार्ड पठाउन थालिएको जनएकता प्राथमिक विद्यालयकी प्रधानाध्यापक रुपा गिरीले बताए ।

५० प्रतिशतभन्दा कम उपस्थिति हुने बालवालिकाका अभिभावकलाई रातो, मध्यम उपस्थितिलाई पहेँलो तथा उत्तम उपस्थिति हुने वालवालकाकाका अभिभावकलाई हरियो कार्ड पठाउने गरिएको उनले जानकारी गराए ।

यो कार्यक्रम एकीकृत परियोजनाको शिक्षा कार्यक्रमअन्तर्गत छेडागार्ड नगरपालिका वडा नं. ३ देखि ११ सम्मका ६४ वटा विद्यालयमा संचालित छ ।

यो क्षेत्रमा अध्ययन गर्ने वालवालिकाको भाषिक पठन शीप पनि कमजोर रहेकाले यो कार्यक्रम अघि सारिएको सेभ द चिल्डेन जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्