अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ मा पहिलो पटक महिलालाई निर्देशकको जिम्मेवारी • Image Khabar Image Khabar


अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ मा पहिलो पटक महिलालाई निर्देशकको जिम्मेवारी


Imagekhabar
४ जेष्ठ २०७५, शुक्रबार १०:३४

अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ मा पहिलो पटक महिलालाई निर्देशकको जिम्मेवारी

वासिंटन, जेठ ४ । अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ले पहिलो महिला निर्देशक पाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले जिना ह्यास्पेललाई निर्देशकमा नियुक्त गर्न गरेको सिफारिश अमेरिकी सिनेटले अनुमोदन गरेको हो ।

यसअघि उनी सीआईएको उपप्रमुख थिइन् । आफ्नो कार्यकालमा उनी अधिकांश समय एक गोप्य एजेन्टको भूमिकामा थिइन् ।

सन् २००१ सेप्टेम्बरमा अमेरिकामा गरिएको आतंकवादी आक्रमणपछि संदिग्ध आतंककारीमाथि सोधपुछका क्रममा क्रुर प्रविधि प्रयोग गरी यातना दिएको भन्दै उनको अलोचनासमेत भएको थियो ।

ह्यास्पेलले सन् २००१ को सेप्टेम्बर आक्रमणपछि थाइल्याण्डस्थित एउटा भूमिगत कार्यालयको जिम्मेवारी पाएकी थिइन् । उनले अफ्रिका, युरोपलगायत विश्वका विभिन्न मुलुकमा सीआइए एजेन्टका रुपमा काम गरिसकेकी छन् ।

यसअघिका सीआइए प्रमुख माइक पोम्पेओ विदेशमन्त्री बनेपछि रिक्त पदमा गरिएको यस नियुक्तिप्रति रिपब्लिकन सिनेटर जोन मक्केनले नै विरोध गरेका थिए ।

ह्यास्पेलसँग सिआइएमा ३३ वर्ष काम गरेको अनुभव छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्