आफूमाथि नियतवश आक्रमण भएको भन्दै ट्रम्पले दिए छानविन गर्न निर्देशन • Image Khabar Image Khabar


आफूमाथि नियतवश आक्रमण भएको भन्दै ट्रम्पले दिए छानविन गर्न निर्देशन


Imagekhabar
७ जेष्ठ २०७५, सोमबार ०९:१०

आफूमाथि नियतवश आक्रमण भएको भन्दै ट्रम्पले दिए छानविन गर्न निर्देशन

काठमाडौं, जेठ ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनका बेला भएको चुनावी प्रचार प्रसारका क्रममा आफूमाथि राजनीतिक उद्देश्यले नियतवश आक्रमण भएको आशंकामा छानबिन गर्न निर्देशन दिएका छन् ।

ट्रम्पको चुनावी अभियानमा रुसी संलग्नता खोज्दै अमेरिकी संघीय जाँच ब्यूरो एफबिआईले विभिन्न छानबिन जारी राखेको छ ।

यस्तो छानबिन कुनै राजनीतिक अभिष्ठ पुरा गर्न पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनबाटै निर्देशित भएको ट्रम्पको आशंका छ ।

यही आशंका मेट्न ट्रम्पले सरोकारवाला निकायलाई छानबिनको आदेश दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले हिजो ट्वीट गर्दै एफ्बिआईको भूमिका शंकास्पद रहेकाले छानविन गर्न न्याय विभागलाई आग्रह गरेका हुन् ।

यसका लागि आज आधिकारिक रुपले उजुरी दर्ता गराउने ट्रम्पको योजना छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्