२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


काठमाडौं उपत्यकाभन्दा ‘लुम्बिनी बढी प्रदूषित’


0
Shares

वातावरण विभागले वायुको अवस्था मापन गर्ने स्टेसनको एक वर्षको तथ्यांक हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो ।

उद्योगले निकाल्ने धुवाँ र धुलोका कारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकी उपमहानिर्देशक सफला श्रेष्ठ बताउँछिन् ।

काठमाडौं उपत्यकामा सात, पोखरामा तीन, सौराहा, लुम्बिनी र धुलिखेलमा एउटा/एउटा स्टेसन छन् ।

गत वर्ष जडान भएका ती यन्त्रको एक वर्षको नतिजा हेर्दा सबैभन्दा लुम्बिनीमा वायु प्रदूषण बढी पाइएको हो ।

उनी भन्छिन्–‘त्यस क्षेत्रमा भएका उद्योग नै प्रदूषण गराउने प्रमुख कारक भएको पाइएको छ ।’

सीमानजिकका ठाउँमा छिमेकी मुलुकबाटसमेत धुलो–धुवाँ आउने सम्भावना हुन्छ । तर, कति यहाँको धुलो र कति उताबाट आउँछ भन्ने अहिलेसम्म अध्ययन हुन सकेको छैन ।

उनी भन्छिन्–‘कुन–कुन उद्योगले कति र कस्ता फोहर निकाल्छन् ? भन्ने विस्तृत् अध्ययन गर्नुपर्छ ।’

नेपालभित्रै भएका उद्योगकोसमेत कहाँ–कहाँ कस्ता उद्योग छन् र तिनले कस्ता प्रदूषण गराएका छन् ? भन्ने एकीकृत तथ्यांक छैन ।

सौराहा, पोखरा र धुलिखेलभन्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढी छ ।

काठमाडौं उपत्यकामा भने गर्मी महिनामाभन्दा जाडो महिनामा वायु बढी प्रदूषित पाइएको छ ।

विभागले यो आर्थिक वर्षमा थप चार स्थानमा स्टेसन राख्ने योजना गरेको छ । रासस