
गएको बुधबार बस्ने भनिएको सो बैठक हप्ता दिनसम्म पनि बस्न नसकेको बताइएको छ ।
दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा उक्त बैठक स्थगित गरेको थियो ।
उत्तर कोरियाले दक्षिण कोरियालाई सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न विगतदेखि नै आग्रह गरिरहेको छ । तर, सो सैन्य अभ्यास जारी रहेको छ ।
यही मे १६ मा दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो बैठक अकस्मात् स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको थियो ।
त्यसपछि अर्काे बैठककाबारेमा केही निर्णय भएको छैन र आजसम्म सो बैठकको अर्काे मिति पनि तोएिको छैन ।
यही मे २५ सम्म जारी रहने जनाइएको सो सैन्य अभ्यास दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको समाचार पनि आएको थियो । उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ ।
दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति–सम्झौता भएको थियो ।
उक्त शान्ति–सम्झौतापछि यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठकहरु बस्दै आएका थिए ।
तर, सोही सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनैपनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि ठप्प भएका छन् ।
त्यतिमात्र नभएर उक्त सैन्य अभ्यासको अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनीसमेत उत्तर कोरियाले दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ ।
उक्त बैठकअगावै उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीचक बुधबार बैठक हुने भनिएको थियो । तर, सो बैठक उत्तर कोरियाका कारण हुनसकेको छैन ।
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक शान्ति–सम्झौताको आफूहरुले पालना गरेको तर दक्षिण कोरियाका तर्फबाट भने यसको पालना नभएको उत्तरको भनाइ छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्