
सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै शम्भुनाथ नगरपालिका–७, भंगाहाका १८ वर्षीय आनन्दकुमार चौधरीलाई सार्वजनिक गरिएको हो ।
गत वैशाख १५ गते एक वैवाहिक कार्यक्रममा मोटरसाइकल पार्किङ गर्नेक्रममा विवाद हुँदा आफ्नै छिमेकी २० वर्षीय अजयकुमार चौधरीको हत्या गरी आनन्द फरार भएका थिए ।
खोजी गर्नेक्रममा उनलाई सिरहाको लहानबजारस्थित हस्पिटलचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही पत्रकार सम्मेलनमा लागुऔषध र चोरीका दुई/दुईजना आरोपीलाईसमेत पक्राउ गरी सार्वजनिक गरियो ।
प्रतिक्रिया दिनुहोस्