
काठमाडौं, जेठ ८ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेती पक्राउ गरी आज सार्बजनिक गरिएको छ ।
गृह मन्त्रालयको विशेष छानविन समितिले गोरेलाई पक्राउ गरेको हो ।
उनलाई आज विहान ५ बजेर ३४ मिनेटको समयमा काठमाडौंको गौरीघाटबाट प्रक्राउ गरिएको छनविन समितिले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पक्राउ परेका गोरेलाई गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी आजै सार्वजनिक गरिएको हो ।
पक्राउ परेका मुख्य अभियुक्त भनिएका गोरे भनिने चुडामणी उप्रेतिलाई आजै अदालत पेश गर्नको लागि मोरङ लगिने पनि छानविन समितिकाले जनाएको छ ।
गोरेबाट सुन तस्करीका थप रहस्य खुलेको गृह मन्त्रालयका छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले बताए ।
छानबिन समितिको म्याद पनि थप भएकाले गोरेको बयान र थप अनुसन्धानबाट तस्करीका अरु रहस्य पनि खुल्दै जाने पौडेलले पत्रकार सम्मेलनमा जनाए ।
त्रिभुवन विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको आरोप प्रहरीले लगाएको छ ।
गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको आरोपसमेत लागेको छ ।
शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो । सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये ८ जना प्रहरी अधिकारी छन् ।
गोरेको अश्लिल शब्द
गोरे’लाई पक्राउ गरी सार्बजनिक गर्ने सिलसिलामा पत्रकारहरुले फोटो खिच्दा उनले सार्वजनिक स्थलमै अपशब्द बोलेर प्रहरी र पत्रकारहरु आश्चर्यचकित बनाइदिएका छन् ।
पत्रकार सम्मेलनमा सार्बजनिक गर्ने क्रममा गोरेलाई क्याप र माँस्क खोल्न अनुरोध गर्दा (अश्लिल) अपशब्द बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस्