
कपिलबस्तु, जेठ ९ । १९ बर्ष अघि दिवंगत आमा तुल्सादेवी बर्माको १९ औं बार्षिक पूण्यतिथिमा बर्मा परिवारद्वारा कपिलबस्तु बालगृहमा आश्रित बच्चाहरुलाई शैक्षिक सामग्री एवं स्कुल किट हस्तान्तरण गरिएको छ ।
कपिलबस्तु नगरपालिका–१ निवासी रामदेव बर्माकी श्रीमती स्वर्गीय तुल्सादेवी बर्माको वार्षिक पुण्यतिथिमा बालगृहका बच्चाहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।
कपिलबस्तु बालगृह तौलिहवामा आयोजित कार्यक्रममा आमाको सम्झनामा आफुहरुले बालगृहका अनाथ, असहाय बालकहरुको सहयोगार्थ २५ हजार बराबरको सामग्री उपलब्ध गराएको छोरा नित्यानन्द बर्माले बताए ।
बालगृहका १८ जनालाई प्रतिबच्चा १ थान झोलामा, छालाको जुत्ता, चप्पल, कापी, कलम, पेन्सिल, चाउचाउ, बिस्कुट, फुटवल लगायतका सामान सहयोग प्रदान गरिएको हो ।
स्वर्गीय तुल्सादेवीका छोरा सचितानन्द बर्मा, नित्यानन्द बर्मा, देवानन्द बर्मा, आत्मानन्द बर्मालगायतले बालगृहका प्रमुख रामप्रसाद अर्यालमार्फत बालकहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सचितानन्द बर्माले दिवंगत आमाको १९ औं स्मृति दिवस तथा पुण्यतिथिको सम्झनामा विभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए ।
बालगृहका प्रमुख रामप्रसाद अर्यालले आफ्नो आमाको स्मृतिमा छोराहरुले सामाजिक कार्य गर्दै आएकोमा धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस्