
नेकपा केन्द्रीय समितिका सदस्यहरुलाई बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संघीय, प्रादेशिक र स्थानीय सरकारमा भ्रष्टाचार नगर्न र हुन नदिन सचेत रहनुपर्नेमा जोड दिए ।
दुवै अध्यक्षले पार्टीलाई सुदृढ बनाउन पार्टीले दिने जिम्मेवारीलाई इमान्दारीका साथ पूरा गर्न पनि सदस्यहरुलाई निर्देशन दिएको जनाइएको छ ।
सो अवसरमा निर्वाचन आयोगमा बुझाउनका लागि सबै केन्द्रीय सदस्यहरुको नामावली, हस्ताक्षर र नागरिकताको प्रतिलिपि लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्