Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


कमिसनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप


0
Shares

नेपाल विद्यार्थी संघ काठमाडौंको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा शुक्रबार स्थानीय प्रदर्शनीमार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिसनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाए ।

नेविसंघका उपाध्यक्ष नवीन राई, रामप्रसाद अधिकारीलगायतले बहुमतका नाममा सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गरेको, जन्मकैदका दोषीलाई कारागारमुक्त गर्न खोजेको भनी विरोध गरे । रासस