२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जंगली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु


0
Shares

चितवन, कात्तिक २४ । चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

शनिबार बिहान पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित खेतमा काम गर्न जाँदा हात्तीले आक्रमण गरेको थियो ।

बिहान करिव ७ः५० बजेको समयमा भएको आक्रमणमा परी राप्ती नगरपालिका–२ कुपनडोल बस्ने २३ वर्षीय युवा सागर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । जसका कारण वर्षेनी जंगली जनावरका कारण स्थानीयले ज्यान गुमाउनु परेको थियो । 

उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर पठाइएको छ ।

जिल्लामा दशैंको बेलामा पनि माडीमा हात्तीकै आक्रमणका एक युवाको ज्यान गएको थियो ।