
म्याग्दी, जेठ १५ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहूँमा बहुउद्देश्यीय खेल मैदान निर्माण गरिएको छ ।
स्थानीय देउराली युवा क्लबको पहलमा साविकको कुहूँ गाविस, युवा क्लब र सांसद विकास कोषको १८ लाख रुपैयाँको लागतमा करिब ३ सय मिटर लामो र २ सय मिटर चौडाइ भएको बहुउद्देश्यीय खेल मैदान निर्माण गरिएको हो ।
बास्केटबल, भलिबल, फुटबल, क्रिकेटलगायतका खेल खेल्न र सांस्कृतिक कार्यक्रमलगायतका विभिन्न मेला महोत्सव गर्न सहज होस् भन्ने उद्देश्यले मैदान निर्माण गरिएको क्लवका सल्लाहाकार एकजीत रोकाले जानकारी दिए ।
जिल्लाकै आकर्षक खेल मैदान निर्माणका लागि बैदेशिक रोजगारीमा गएका कुहूँका युवाले पनि आर्थिक सहयोग गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्