१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कसरी आयो नेपालमा गणतन्त्र ? (भिडियो)


0
Shares

काठमाडौं, जेठ १५ । वि.स. २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र मंगलबारदेखि १० वर्ष पूरा भएर ११ औं वर्षमा प्रवेश गरेको छ ।

२०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।

२०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिएका थिए ।

यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन भने फेरि २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन गर्नुपर्‍यो ।

दोस्रो संविधानसभाले २०७२ सालमा जारी गरेको संविधान अहिले कार्यान्वयनमा क्रममा छ । संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ ।

स्थिर सरकार गठन भएसँगै मुलुक अहिले आर्थिक समृद्धिको दिशामा अघि बढ्दै गएको छ ।

गणतन्त्र स्थापना भएका १० वर्षपछि मुलुकमा परिवर्तनका संकेतहरु देखिन थालेका छन् । जनताको जीवनस्तरमा उल्लेख्य सुधार भइनसके पनि नयाँ आशाको सञ्चार भने भएको छ ।

भिडियो