१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


उदयपुरमा चट्याङबाट तीनजनाको मृत्यु


0
Shares

ताम्लिछाका कृष्णबहादुर भुजेलका घरमा चट्याङ पर्दा उनकी ८ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए ।

अन्य दुईपनि घाइते भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका जवान र एम्बुलेन्ससहितको टोली घटनास्थलतर्फ पठाइएको छ । रासस