१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते


0
Shares

चितवन, जेठ १८ । चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।

रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नम्बरको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका १८ यात्रुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । दुर्घटना राति करीब १ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

यसअघि यही जेठ ११ गते पनि काठमाडौँबाट राजबिराज जाँदै गरेको ना५ख ४४०१ नम्बरको बस सोही डिभाइडरमा ठोक्किएर पल्टिँदा बसमा सवार ६ जना यात्रु घाइते भएका थिए । (रासस)