चितवनमा केरा काटेर सखाप पार्ने पाँचजना जेल चलान • Image Khabar Image Khabar


चितवनमा केरा काटेर सखाप पार्ने पाँचजना जेल चलान


Imagekhabar
१८ जेष्ठ २०७५, शुक्रबार १४:४२

चितवनमा केरा काटेर सखाप पार्ने पाँचजना जेल चलान

गत वैशाख १७ गते राति १२ जना किसानहरुको केरा काटेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

केरा काटेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर–६ का अर्जुन गहतराज, कालिका–१ का मनीषबहादुर गुरुङ, कालिका–३ का सुजन लोप्चन, कालिका–३ कै गोपाल परियार र कालिका–५ का उमेश माझीलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध सार्वजनिक कसुर तथा सजाय ऐनअन्तर्गत्को मुद्दा दर्ता गरी अनुसन्धान गरेको र फैसलाका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा पठाइएकामा जनही २ लाख २५ हजार रुपैयाँ धरौटी माग भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

माग गरेबमोजिम धरौटी रकम बुझाउन नसक्दा पाँचैजना जिल्ला करागार भरतपुर चलान भएका हुन् ।

केरा फडानी हुँदा १५ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको किसानहरुले दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्