आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ • Image Khabar Image Khabar


आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ


Imagekhabar
१८ जेष्ठ २०७५, शुक्रबार १७:१६

आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर–८, चुवाका २५ वर्षीय दुर्गाबहादुर क्षेत्री रहेका छन् ।

उनीमाथि गएको बुधबार बिहान ६ बजेतिर आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको हो ।

क्षेत्रीलाई बिहीबार पक्राउ गरी जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

ती युवतीका परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्