
पर्वत, जेठ २१ । पर्वतमा अपांग बालिका र युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ परेको छ ।
कुस्माबजारस्थित माझमेलाको जंगलमा लगेर १७ वर्षीया युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा कुश्मा नगरपालिका–१ का २६ वर्षीय मंगले भन्ने अनिल विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।
घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी जलजला गाउँपालिका–७ का २० वर्षीय बाबुराम परियारलाई पनि १३ वर्षीया अपांग बालिकालाई जर्बजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
परियारले पीडित बालिकाको घरमै गएर जबर्जस्ती करणीको प्रयास गरेको आरोप प्रहरीले लगाएको छ ।
पीडक परिवारलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्