२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सुनसहित पक्राउ परेका भरियालाई आठ करोड जरिवानासहित १० वर्ष कैद


0
Shares

ज्याला–मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसला भएको हो ।

जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत् सो कैद सजायको फैसला गरेकोे अदालतले जनाएको छ ।

बिगोबमोजिम उनलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवाना तोकिएकोे अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।

मनाङबाट बेसीसहरतर्फ मोटरसाइकलमा आएका गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मर्स्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए ।

भरियाकारुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि यसको तस्कर समूह अझै पक्राउ पर्न सकेका छैन । रासस