
धादिङ, जेठ २१ । धादिङ सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पस तोडफोड गरिएको छ ।
अपरिचित समूहले विहानै तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट क्याम्पसका भौतिक संरचनामा क्षति पुगेको छ ।
तिनैको कुटाईबाट स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी कविता श्रेष्ठ गम्भीर घाईते भएकी छन् ।
क्याम्पसको नियमित पठनपाठन र स्नातक तह दोस्रो वर्षको आन्तरिक परीक्षा संचालन भइरहेको अवस्थामा क्याम्पसमा तोडफोड गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
तोडफोड गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
विप्लव, बैद्य र बाबुराम भट्टराई नेतृत्वको पार्टीका भ्रातृ विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक हड्तालका कारण पठनपाठन प्रभावित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्