तस्करीको १३ टन मरिच बरामद, मरिचको बजार मूल्य ‘एक करोड रुपैयाँ’ • Image Khabar Image Khabar


तस्करीको १३ टन मरिच बरामद, मरिचको बजार मूल्य ‘एक करोड रुपैयाँ’


Imagekhabar
२२ जेष्ठ २०७५, मंगलवार १५:१३

तस्करीको १३ टन मरिच बरामद, मरिचको बजार मूल्य ‘एक करोड रुपैयाँ’

मरिच बोकेको युपी७८बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगन्ज–रक्सौल नाकामा रहेको शंकाराचार्य गेट कटिसकेको अवस्थामा सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विशेष सूचनाको आधारमा इनर्वा प्रहरीचौकीबाट खटिएको प्रहरीको टोलीले मरिच बरामद गरेको हो ।

प्रहरीले कालो मरिचसहित ट्रक चालकलाई पनि पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशको कानपुर जिल्ला बस्ने ३२ वर्षीय धर्मेन्द्र कुमार रहेका छन् ।

भारतबाट आलु लोड गरी नेपाल आएको भारतीय गाडी फर्कनेक्रममा मरिचलाई भारतीय सीमावर्ती सहर रक्सौल लैजान खोजेको चालकले बयान दिएका छन् ।

बरामद गरिएको मरिचको नेपाली बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्