
सीमानाकाका विभिन्न स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका चौकी रहेपनि अवैध कपडाको कारोबार रोकिन सकेको छैन ।
सीमा क्षेत्रबाट परासीसम्म आइपुग्दा पाँचभन्दा बढी स्थानमा प्रहरीको चेकजाँज हुने भएपनि नाकाबाट विगत केही दिनदेखि कपडालगायत अरु वस्तुको अवैध कारोबार बढ्दैछ ।
सोमबार राति प्रहरीले १५ लाख रुपैयाँ बराबरको अवैध कपडा भूमहीबाट बरामद गरेको छ ।
सीमावर्ती भारतीय बजार बर्गदवाबाट परासी हुँदै लैजान लागेको अवस्थामा भूमहीबाट कपडा बरामद गरी भैरहवा भन्सार चलान गरिएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले बताए ।
प्रतिक्रिया दिनुहोस्