१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


विद्यालयमा कक्षा सन्चालन भइरहेका बेला चट्याङ लागेर सात विद्यार्थी घाइते


0
Shares

मंगलबार दिउँसो कक्षा सन्चालन भइरहेका बेला अचानक परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा कक्षा–६ का पूर्णिमा तामाङ, जेसिका तामाङ, मौसम राई, संगम राई, प्रमिला पाण्डे, कक्षा–८ का रिया राई र कक्षा–९ का अस्मिता राई रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

घाइते सातैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

चट्याङ लागेर विद्यालयको भवनमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ ।