२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा


0
Shares

सहकारीको निक्षेप ठगी आरोपमा २०७३ साल पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतले जेल सजाय सुनाएपछि उनी डिल्लीबजार सदरखोरमा सजाय भोगिरहेका थिए ।

यसअघि, काठमाडौंले २ वर्ष कैद र रु पाँच करोड ९१ लाख ९७ हजार जरिवाना र सोही प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र चार लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।

यस्तै, भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र रु ८४ हजार जरिवानाको फैसला सुनाएको थियो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको एकल इजलासले राम खयरगोलीको जाहेरी रहेको मुद्दामा रु सात लाख, गंगालाल खयरगोलीको जोहेरी मुद्दामा रु पाँच लाख र न्यायाधीश मोहमद जुनेद आजादको इजलासले जगत त्वायनाको जाहेरी मुद्दामा ५० हजार माग गरेको धरौटी रकम बुझाएपछि बस्नेत तारेखमा रिहा भएको अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

बस्नेतमाथि भक्तपुर, काठमाडौं र स्याङ्जा जिल्ला अदालत तथा उच्च अदालत पाटनमा दर्जनभन्दा बढी मुद्दा रहेको बताइएको छ । रासस