१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


बाबुले गरे छोराको निर्मम हत्या


0
Shares

बासुदेव वर्मा (इमेज)

कपिलवस्तु, असार ११ । जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् ।

यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले आफ्नै छोरा ४५ वर्षीय तीरथ बरईको कोदालोले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।

कोदालो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल डंगरीका इन्चार्ज प्रहरी निरीक्षक अमृत दुलालले जानकारी दिए ।

हत्या गर्नेे बाबु मोहनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

जग्गाका विषयमा विवाद भएपछि छोराले अदालतमा बाबुविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

अदालतबाट मुद्दा जितेसँगै छोरा तीरथले आफ्नो नाममा रहेको जग्गा अरुलाई दिने निर्णय गरेका थिए ।

छोराले दिनहुँ मानसिक तनाब दिने र गाली–गलौच गरेकाले आफ्नै छोराको हत्या गरेको मोहनले प्रहरीसामु बयान दिएका छन् ।