२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


वीरगन्जमा प्रतिबन्धित भारतीय नोटसहित दुईजना पक्राउ


0
Shares

वीरगन्ज, जेठ २३ । पर्साको वीरगन्जबाट ३१ लाख ८० हजार रुपैयाँ प्रतिबन्धित भारतीय नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेटमा चेकजाँचकाक्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत, बिहारका रोहित केशरी र चितरञ्जन प्रसाद रहेका छन् ।

रक्सोलबाट वीरगन्जतर्फ ना.२७ प ३८११ नम्बरको मोटरसाइकलमा ठूलो मात्रामा भारतीय रुपैयाँ लिएर आएका उनीहरुलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।