
बुधबार बिहान कार्यालय जाँदैगर्दा दासको बा६च ११८६ नम्बरको कारबाट ५० हजार रुपैयाँ घुस रकम बरामद भएकाले नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
सदरमुकाम मलंगवास्थित जिल्ला अदालतअगाडिबाट पक्राउ परेका दासलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा लगिएको छ ।
दासले के शीर्षकमा घुस लिए भन्ने खुलाइएको छैन । शाखा अधिकृत दासले भने आफूलाई षड्यन्त्रपूर्वक फसाइएको दाबी गरेका छन् ।
कार्यालय जाँदैगर्दा जिल्ला कृषि कार्यालयअगाडिबाट एकजना व्यक्ति गाडीमा चढेको र अदालतअगाडि गाडी रोकेर आफू बाहिर निस्केको मौका पारेर ती व्यक्तिले रकम छाडेर गएको शाखा अधिकृत दासको दाबी छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले यो विषय अनुसन्धानमै रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्