
महाशाखाको टोलीले विभिन्न प्रलोभन पारेर गैरकानुनीरुपमा अष्ट्रेलिया र क्यानडासमेत जान मिल्ने भनी प्रतिव्यक्ति रु ६ लाख ५० हजारका दरले ठगेर फरार चितवनका २९ वर्षीय निरञ्जन भट्टराईलाई मंगलबार भृकुटीमन्डपबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
भट्टराईले प्रतिमहिना ७५० अमेरिकी डलर तलब हुने भनी प्रलोभनमा पारेर नक्कली कागजात बनाइ ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाख जरिवाना हुने व्यवस्था छ । रासस
प्रतिक्रिया दिनुहोस्