१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


बझाङमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जनाको अवस्था चिन्ताजनक


0
Shares

बझाङ, जेठ २४ । बझाङमा बुधबार भएको जिप दुर्घटनामा मृत्युको संख्या तीन पुगेको छ ।

छविसपाथीभरा गााउँपालिका–४ डाँडागाँउका ४५ बर्षीया विरेन्द्र बहादुर सिंह र उनकी श्रीमती ३८ बर्षीया जलादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा जिप चालक केदार स्युँ गाउँपालिका–१ का ३५ बर्षीय लालबहादुर भण्डारीको राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते दुईजनाको अवस्था चिन्ताजनक छ । जसमा छविसपाथिभरा गाउँपालिका–५ का ४५ बर्षीय सोभान धामी र ३ का ३१ बर्षीय गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको जनाईएको छ ।

बुधबार बेलुका भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से१ज ८३७ नम्बरको जिप छविस पाथीभेरा गाउँपालिका–४ को भेटाखानमा दुर्घटना भएको थियोे ।