
राजविराज, जेठ २४ । सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ ।
न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले जनाएको छ ।
४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतबाट बुझिएको छ ।
बोदेबरसाइन नपा–३ स्थित जोगेन्द्र गोडाहान यादवको खेतमा गत कात्तिक २८ गते धान काट्न गएकी ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटी जयप्रकाशले पत्नीको हत्या गरेका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस्