२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


४१ राहदानीसहित होटल सन्चालक समातिए


0
Shares

प्रभागको टोलीले कामनपा–२६, मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट ४१ राहदानीसहित होटल सन्चालक प्रेमबहादुर विकलाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

प्रभागका प्रमुख मोहनविक्रम केसीले म्यानपावर व्यवसायीसँग मिलेर लाखौं कमाउने गरी विदेश जानका लागि होटलमा आएका व्यक्तिसँग राहदानी संकलन गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

प्रभागले गोंगबु, नयाँ बसपार्क क्षेत्रका अरु होटल तथा रेस्टुरेन्टमा पनि तत्काल अनुसन्धान गरिने जनाएको छ ।

विकलाई थप अनुसन्धानका लागि राहदानीसहित वैदेशिक रोजगार विभाग पठाएको केसीले बताए । रासस