
पर्वत सदरमुकाम कुश्माबजारमा खाद्यान्न र कस्मेटिक पसलबाट पेट्रोल बिक्री गरेको आरोपमा बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका–५ स्थित कल्पना स्टोर्स नामक खाद्यान्न पसलमा अवैधरुपमा लुकाइ–छिपाइ बिक्री–वितरण गरेको अवस्थामा ६१.५ लिटर पेट्रोलसहित सन्चालक ४० वर्षीय कल्पना क्षत्री र कुश्मा–४ स्थित विष्णुकुमारी उपाध्यायको कस्मेटिक पसलबाट ३९ लिटर पेट्रोलसहित सन्चालक उपाध्याय रहेका छन् ।
बजारमा पेट्रोलको अभाव भइरहेका बेला दोब्बर मूल्य लिएर बिक्री गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्